आइपीएलमा चेन्नईको लगातार तेस्रो हार, हैदरावाद ७ रनले विजयी

१७ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा पराजित भएको छ ।
आइपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादले चेन्नईमाथि ७ रनको जित निकालेको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५७ रन मात्र बनाउन सक्यो ।
उसका लागि रवीन्द्र जडेजाले सर्वाधिक ५० रन बनाए । त्यस्तै कप्तान महेन्द्र सिंह धोनी ४७ रनमा अविजत रहे । बलिङमा हैदरावादका टी नटराजनले दुई विकेट लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका प्रियाम गर्ग ५१ रनमा नटआउट रहे ।
त्यस्तै अभिषेक शर्माले ३१, मनिष पाण्डेले २९ तथा कप्तान डेविड वार्नरले २८ रन बनाएका थिए । बलिङतर्फ चेन्नईका दीपक चहरले दुई विकेट हात पारे ।
चार खेलमा दुई खेल जित्दै हैदराबाद तालिकाको चौथो स्थानमा रहँदा समान चार खेलमा लगातार तेस्रो हारसँगै चेन्नई तालिकाको पुछामा पुगेको छ ।
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया