आर्थिक

भारतले घ्यू निकासी रोक्दा नेपाली किसान मारमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १६ गते १६:१०
भारतले घ्यू निकासी रोक्दा नेपाली किसान मारमा (भिडियोसहित)

१६ असोज, २०७७, नेपालगञ्ज । भारतले डेढ वर्षदेखि रुपैडिहा नाकाबाट घ्यू निकासी रोकेको छ । अनलाइन सिष्टम लागू भएपछि भारतले घ्यू निकासीका लागि वीरगञ्जको रक्सौल नाका मात्रै तोकेको छ ।

त्यसैले नेपालगञ्ज रुपैडिहा नाकाबाट घ्यू भारत जान पाएको छैन । भारतले घ्यू लैजान नदिएपछि पश्चिम नेपालका किसान र विक्रेता मारमा छन् ।

डेढ बर्षदेखि निकासी रोकिएका कारण नेपालगन्जमा करिब एक लाख केजी घ्यू बजार नपाएर थन्किएको छ ।

पश्चिम नेपालका पहाडी जिल्लाका पशुपालक किसानले उत्पादन गरेको घ्यू संकलन भएर नेपालगन्जमा आइपुग्छ । गाईभैंसीको संकलित घ्यु प्रशोधन गरेर भारतमा निकासी हुँदै आएको थियो । तर भारतमा निकासी बन्द भए पछि घ्यू संकलन र खरिद विक्री रोकिएको छ । यसले किसानदेखि विक्रेता समस्यामा परेका छन् ।

भारत नेपालगन्ज रुपैडिया नाकालाई घ्यु आयात हुने नाकाको रुपमा तोकिदिएर पशु क्वारेन्टाइन जाँचको सुविधा विस्तार गर्ना साथ घ्यू निकासी हुन सक्ने संभावना छ । तर त्यसतर्फ सरकारबाट कुनै पहल नभएको ब्यबसायीको गुनासो छ ।

घ्यूको निकासी गर्ने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि सरकारी निकायबाट सुनुवाइ नभएको भन्दै तत्काल भारत सरकारसंग वार्ता गरेर पहल गरिदिन व्यवसायीले सरकारसँ माग गर्दै आएका छन् ।

नेपालबाट भारतमा सयौ‌ं बर्षदेखि निकासी हुँदै आएको र राम्रो बजार पनि भएको घ्यूको निकासी शुरु हुन सके पशु पालक किसानका साथै नेपाली व्यवससायी लाभान्वित हुन सक्ने प्रचुर संभावना छ । विगतका वर्षमा नेपालगन्ज नाका हुँदै वर्षेनि ४ देखि ५ लाख केजीसम्म घ्यु भारतमा निकासी हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *