१६ असोज, २०७७ काठमाडौं । छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
छापावाला सुनको मूल्य हिजो ९४ हजार पाँच सय रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको मूल्य ९४ हजार थियो।
आज चाँदीको मूल्य तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।