खेलकूद

आइपीएल क्रिकेटमा मुम्बिई इन्डियन्सको दोस्रो जित

हिमालय टिभी
२०७७ असोज १६ गते ८:०१
आइपीएल क्रिकेटमा मुम्बिई इन्डियन्सको दोस्रो जित

१६ असोज, २०७७ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ ।

साविक विजेता मुम्बईले गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हरायो । जारी प्रतियोगितामा पञ्जावको यो तेस्रो हार हो ।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रन मात्र जोड्न सक्यो। पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए।

मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे। मुम्बईले चार खेल खेल्दा दोस्रो जित निकालेको हो ।

पन्जाबले टस जितेर पहिला बलिङ रोजेपछि मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्यो।

मुम्बईले अन्तिम समयमा विस्फोटक ब्याटिङ गर्‍यो। कायरन पोलार्डले २० बलमा ४ छक्का र ३ चौकासहित अविजित ४७ रन जोडे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्