खेलकूद

स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाको दोस्रो जित

हिमालय टिभी
२०७७ असोज १६ गते ७:४६
स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाको दोस्रो जित

१६ असोज, २०७७ काठमाडौं । अंशु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित निकालेको छ ।

बिहिबार राति बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ११ औं मिनेटमा फिलिप कौटिन्होको पासलाई सदुपयोग गर्दै फातीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

१७ वर्षीय फरवार्डले ला लिगामा १० गोल पुरा गरेका छन् । यस सिजनको सुरुवाती पहिलो खेलमा फातीले बार्सिलोनाका लागि दुई गोल गरेका थिए । पछिल्लो दुई खेलमा फातीले तीन गोेल गरेका छन् ।

पहिलो हाफमै बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो । ४२ औं मिनेटमा क्लेमेन्ट लेन्गलेट दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । ५२ औं मिनेटा लुकास ओलजाको आत्मघाति गोलसंगै बार्सिलोना २–० ले अघि बढेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा सेर्गी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । लिगको पहिलो खेलमा बार्सिलोनाले भिया रियललाई ४–० ले हराएको थियो । बार्सिलोनाले लिगको सुरुवाती २ खेलबाट ६ अंक जोडेको छ । सेल्टा डी भिगोले ४ खेलबाट ५ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्