आर्थिक

काठमाडौंमा कहाँ कहाँ खुले दशैं लक्षित सुपथ मूल्य पसल ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १५ गते २०:३५
काठमाडौंमा कहाँ कहाँ खुले दशैं लक्षित सुपथ मूल्य पसल ? (भिडियोसहित)

१५ असोज, २०७७ काठमाडौं । चाडबाडको मौसम सुरु भइसकेको छ । आसन्न दशैं, तिहार, छठलगायतलाई मध्यनजर गर्दै सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् । यस्ता पसलमा सहुलियद दरमा सामान किन्न पाउँदा उपभोक्ता खुसी छन् ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहकार्य गरेर देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत सुलभ दरमा खाद्य बस्तु विक्रि सुरु गरेको छ ।

सुपथ मूल्य पसल संचालन भएको पहिलो दिन उपभोक्ताको उपस्थिती त्यति धेरै देखिएन । कोरोना महामारीका कारण मानिस भीडभाडमा जान डराउँछन् । त्यसैले विक्रि केन्द्रमा उपभोक्ता धेरै नआएको अनुमान छ । तर पनि पहिलो दिन ब्यापार राम्रो भएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, कोटेश्वर, सतुंगल, ललितपुरको प्रयागपोखरी, नख्खु, भक्तपुर लगायत १६ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गरिएको छ । यस्तै उपत्यका बाहिर बनेपा, विराटनगर, राजविराज, लाहानसहित ६५ स्थानमा सुपथ मूल्य पसल संचालनमा छन् । सुपथ मूल्य पसलमा चामल, रहरको दाल, केराउ र कर्णाली फापर प्रतिकेजीमा पाँच रुपैयाँ, कर्णाली सिमी प्रति केजीमा १० रुपैयाँसम्म छुट दिइएको छ । अन्य खाद्यान्न पनि बजार मूल्यभन्दा सस्तो छ । सुपथ मूल्य पसलमा सहुलियत दरमा खाद्य बस्तु किन्न पाउँदा उपभोक्ता पनि खुसी छन् ।

पछिल्लो समय बढ्दै गएको प्रतिष्पर्धालाई मध्येनजर गर्दै खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले अनलाइन सेवा पनि सुरु गरेको छ ।

दशैंका बेलामा खसी बोका तथा च्याङ्ग्राको माग पनि बढ्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पोहोर परारको जस्तै यसपाली पनि खसी बोका र भेडा च्याङग्रा पनि बेच्ने तयारी गरेको छ । चाहे खसी बोका हु्न वा खाद्य सामग्री नै किन नहुन् ।

सरकारी निकायले यसरी सुपथ मूल्यमा विक्री गर्दा बजारमा हस्तक्षेप हुन्छ र व्यापारीले मनोमानी गर्न पाउँदैनन् । जसले मुल्य नियन्त्रणमा सहयोग पुग्छ र उपभोक्ताले सुपथ मूल्यमा सामान पाउँछन् । त्यसैले यस्ता पसल चाडबाडमा मात्र नभएर वर्षभरी नै सञ्चालन भए उपभोक्ता लाभान्वित हुने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *