समाज

विराटनगरका निजी अस्पतालमा कोरोना परीक्षणको मनपरी शुल्क असुली

हिमालय टिभी
२०७७ असोज १५ गते १८:३८
विराटनगरका निजी अस्पतालमा कोरोना परीक्षणको मनपरी शुल्क असुली

१५ असोज, २०७७, विराटनगर । विराटनगरका निजी अस्पतालले कोरोना परीक्षणको शुल्क मनलाग्दी लिने गरेको पाइएको छ ।

कतिपय अस्पतालले सरकारले तोकेको भन्दा दोब्बर शूल्क लिएर पीसीआर परीक्षण गर्ने गरेका छन् । सरकारले स्वाब संकलनसँगै पीसीआर परीक्षण र रिपोर्टसहित सबै काम गरेवापत २ हजार शुल्क कायम गरेको छ । तर विराटनगरका अस्पतालले ४ हजारसम्म शुल्क लिने गरेको पाइएको छ ।

कतिपय अस्पतालले स्वाब संकलनदेखि रिपोर्ट प्रिन्टसमेतको अतिरिक्त्त शुल्कसमेत जोडेर सेवाग्राहीसँग पैसा असुल्ने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति पाएका न्यूरो अस्पताल, नोबेल र विराट मेडिकल कलेजले पीसीआर परीक्षणमा मनोमानी गरेका छन् ।

विराट मेडिकल कलेजले आफनै तीन तहको मापदण्ड बनाएर शुल्क निर्धारण गरेको छ । उसले पीसीआर परीक्षण शुल्क भन्दै १ हजार ९९९ रुपैयाँ लिएर त्यसमा अतिरिक्त ‘सुरक्षा सावधानी शुल्क भनेर ६ सय लिने गरेको छ ।

न्युरो अस्पतालले पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने गरेको छ । सरकारले तोकेको भन्दा कम १ हजार ५ सय ५० मा पीसीआर परीक्षण गर्ने घोषणा गरेको नोबेल कलेजले सेवाग्राहीलाई झुक्याएर २ हजार रुपैयाँ नै अशुल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *