खेलकूद
क्रिकेट संघले महिला र पुरुष खेलाडीको वर्गीकरण परिमार्जन गर्ने
२०७७ असोज १५ गते १८:२७
१५ असोज, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यही महिना गरेको महिला र पुरुष खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ ।
चितवनमा गत ६ गते बसेको क्यानको बोर्ड बैठकले १९ महिला र १८ जना पुरुष खेलाडीको वर्गीकरण गरेको थियो । तर पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका कतिपय छुटेको र वर्गीकरण न्यायोचित नभएको भन्दै क्यानको चर्को आलोचना हुँदै आएको थियो ।
यसै सन्दर्भमा नेपाल क्रिकेट खेलाडी संघ सिप्यानले राष्ट्रिय खेलकुद परिषद राखेप र क्यानलाई समेत ध्यानाकर्षण गराएको थियो ।
क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान, उपकप्तान र प्रशिक्षकसँग पुनः छलफल गरि सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न निर्देशन दिएको विज्ञप्ती मार्फत् जनाएको छ ।
प्रतिक्रिया