विदेश

भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख नाघ्यो

हिमालय टिभी
२०७७ असोज १५ गते ९:२३
भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख नाघ्यो

१५ असोज, २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख नाघेको छ ।

गएको २४ घण्टामा त्यहाँ ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टिसँगै संक्रमित संख्या ६३ लाख भन्दा बढी पुगेको हो । भारत संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा छ ।

त्यस्तै त्यहाँ अहिलेसम्म ५२ लाख ७० हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । यस्तै भारतमा अक्टोबर १५ तारिखदेखि शैक्षिक संस्था पनि खुल्ने भएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउन अन्त्य गर्दै भारतले १५ तारिखदेखिशैक्षिक संस्था समेत खोल्न दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । यस्तै १५ अक्टोबरदेखि शर्तसशहित सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल समेत खोल्ने अनुमति दिइएको छ ।

त्यस्तै पछिल्लो समय अमेरिकामा ४० हजार तथा ब्राजिलमा ३३ हजार भन्दा बढीमा संक्रमण भएको छ । अमेरिकामा संक्रमित संख्या ७५ लाख पुग्नै लाग्दा ब्राजिलमा ४८ लाख भन्दा बढी संक्रमित छन् । बुधबार विश्वभर ३ लाख १३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँ १ हजार १ सय ७९ जनाले ज्यान गुमाए । उता अमेरिकामा ९ सय ५५ तथा ब्राजिलमा ९ सय ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा संक्रमणबाट २ लाख ११ हजार, ब्राजिलमा १ लाख ४३ हजार तथा भारतमा ९८ हजार ७ सय भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । बुधबार विश्वमा कोरोनाबाट ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *