खेलकूद

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरण प्रवेश

हिमालय टिभी
२०७७ असोज १५ गते ९:२०
राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरण प्रवेश

१५ असोज, २०७७ काठमाडौं । राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

अमेरिकी खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै दोस्रो वरियताका नाडाल तेस्रो चरण पुगेका हुन् । ३४ वर्षीय नाडालले २५ वर्षका म्याकडोनाल्डमाथि ६–१, ६–० र ६–३ को सोझो सेटमा जित निकालेका हुन् ।

१९ पटक ग्राण्डसलाम जितेका नाडालले सन् २ हजार ५ यता दुईपटक मात्रै फ्रेन्च ओपनको खेल हारेका छन् । त्यस्तै १२ पटक फ्रेन्च विजेता उनी लगातार चौथो वर्ष फ्रेन्च ओपनको उपाधि उचाल्ने होडमा छन् ।

यस्तै छैटौं वरियताका एलेक्सान्डर स्वेरेभ पनि तेस्रो चरण पुगेका छन्। उनले फ्रान्सेली खेलाडी पिएर–ह्युग्स हर्बर्टलाई २–६, ६–४, ७–६, ४–६ र ६–४ को सेटमा हराएका हुन् ।

उता चोटका कारण अमेरिकी खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपन नखेल्ने भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्