खेलकूद

बायर्न म्युनिखलाई जर्मन सुपर कप फूटबलको उपाधि

हिमालय टिभी
२०७७ असोज १५ गते ९:१६
बायर्न म्युनिखलाई जर्मन सुपर कप फूटबलको उपाधि

१५ असोज, २०७७ काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कप फूटबलको उपाधि जितेको छ ।

फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डमाथि ३–२ गोलको जित निकाल्दै बायर्नले आठौं पटक सुपर कपको उपाधि उचालेको हो ।

बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक(एक गोल गरे । त्यस्तै डर्टमण्डका लागि जुलियन ब्रान्ड र एर्लिङ हालाण्डले एक(एक गोल फर्काए ।

घरेलु मैदानमा १८ औं मिनेटमा टोलिसोको गोलसँगै बायर्नले अग्रता लिएको थियो । ३२ औं मिनेटमा मुलरले बायर्नको अग्रता दोब्बर पारे ।

त्यसपछि डर्टमण्डका लागि ब्रान्डले ३९ औं र हालाण्डले ५५ औं मिनेटमा गोल गरेका थिए । तर, खेलको ८२ औं मिनेटमा किमिचले गोल गरेपछि बायर्न ३२ ले विजयी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्