खेलकूद
स्पेनिस ला लिगामा रियल मड्रिडको संघर्षपूर्ण जित
२०७७ असोज १५ गते ७:४३
१५ असोज, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।
ला लिगाअन्तर्गत आफ्नो तेस्रो खेलमा रियलले रियल भालाडोलिडमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा रियलका लागि ६५ औं मिनेटमा विनिसियस जुनियरले गरेको गोल नै निर्णायक रह्यो। जितपछि तीन खेलबाट सात अंक जोड्दै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
तालिकाको शीर्ष स्थानमा गेटाफे रहँदा भ्यालेन्सिया दोस्रो स्थानमा छ । ला लिगाकै अन्य खेलमा भिल्लारियलले अलाभेसलाई ३–१ ले तथा एल्चेले इबरलाई १० ले पराजित गरे ।
त्यस्तै एट्लेटिको मड्रिड र हुयस्का गोलरहित बराबरीमा रोकिएका छन् ।
प्रतिक्रिया