खेलकूद

आइपीएल क्रिकेटमा राजस्थानलाई ३७ रनले हराउँदै कोलकाता विजयी

हिमालय टिभी
२०७७ असोज १५ गते ७:३८
आइपीएल क्रिकेटमा राजस्थानलाई ३७ रनले हराउँदै कोलकाता विजयी

१५ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

प्रतियोगिताअन्तर्गत गएराति कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो । १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

राजस्थानका टम करन ५४ रनमा अविजित रहे । त्यस्तै जोश बट्लरले २१ र राहुल टिवेटियाले १४ रन बनाउनु बाहेक अन्यले दोहरो अंकको रन जोड्न सकेनन् । बलिङमा कोलकाता शिवम् माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले समान दुई(दुई विकेट हात पारे ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन जोडेको थियो ।

उसका लागि शुभम् गीलले ४७ रन बनाउँदा इयोन मोर्गन ३४ रनमा अविजित रहे । बलिङमा राजस्थानका जोफ्रा आर्चरले दुई विकेट लिए । तीन खेलमा दुई जित्दै चार अंक जोडेको कोलकाता तालिकाको दोस्रो स्थानमा रहँदा समान खेलबाट समान अंक रहेको राजस्थान तेस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आज साविक विजेता मुम्बई इण्डियन्स र किंग्स एलाभेन पञ्जाबबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्