समाज
कपिलवस्तुमा सात किलो अफिमसहित दुई जना पक्राउ
२०७७ असोज १४ गते १७:२१
१४ असोज, २०७७, कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे ७ किलो अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले गएराती कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाइन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो ।
चन्द्रौटाबाट कृष्णनगर जाँदै गरेको लु १ ह १५७ नम्बरको अटो जाँच गर्दा त्यसमा सवार रोल्पाको कुलेरी गाउँपालिकाकी सिता रोकाको झोलामा अफिम फेला पारेको थियो ।
रोकासँगै प्रहरीले अटो चालक कपिलवस्तु शिवराज नगरपालिका ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया