समाज
प्रदेश ५ मा साबुन पानीले हात धुने एक महिने अभियान शुरु
२०७७ असोज १४ गते १७:१६

१४ असोज, २०७७ बुटवल । प्रदेश पाँचमा साबुन पानीले हात धुने एक महिने अभियान सुरु गरिएको छ ।
प्रदेश पाँचको भौतिक पूर्वाधार विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो अभियान सुरु गरेको बताएको छ । मन्त्री बैजनाथ चौधरीले जोखिम कायमै रहेकाले हात धुने बानी प्रभावकारी बनाउन अभियान चलाइएको बताउनुभयो ।
मन्त्रालयका अनुसार यो अभियान आगामी कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ ।
मन्त्री चौधरीले सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, नीजि प्रतिष्ठान तथा सार्वजनिक स्थलमा हात धुने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया