विदेश

बाबरी मस्जिद भत्काएको आरोप लागेका भाजपाका वरिष्ठ नेतासहित ३२ जनालाई सफाई

हिमालय टिभी
२०७७ असोज १४ गते १४:२२
बाबरी मस्जिद भत्काएको आरोप लागेका भाजपाका वरिष्ठ नेतासहित ३२ जनालाई सफाई

१४ असोज, २०७७ नयाँ दिल्ली । भारतको एक अदालतले विवादित बाबरी मस्जिद भत्काएको आरोप लागेका भारतीय जनता पार्टीका बरिष्ठ नेता लालकृष्ण आडवानीसहित ३२ जनालाई आज सफाई दिएको छ ।

यस मुद्दामा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका भाजपा नेता लालकृष्ण आडवानी, सोही पार्टीका मुरली मनोहर जोशी, उमा भारती, महन्त नृत्यगोपाल दास, कल्याण सिंह, सतिस प्रधान लगायत ३२ जनाविरुद्ध मुद्दा चलेको थियो ।

सीबीआइको विशेष अदालतले कुनै ठोस प्रमाण नभएको भन्दै सबैलाई सफाई दिएको हो । आड्वानी र जोशी भारतीय जनता पार्टीका पूर्व अध्यक्ष हुन् भने भाजपा नेता सिंह उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत बनेका थिए ।

सन् १९९२ मा भएको उक्त घटनामा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो । मस्जिद भत्काउने कार्यमा हिन्दू समर्थकलाई उक्साएको आरोप यी नेतामाथि लागेको थियो ।

सुरुमा ४९ जनाविरुद्ध मुद्दा चलाइएको थियो । ती मध्ये १७ जनाको मृत्यु भइसकेको छ । फैसला सुन्न अभियुक्त अदालतमा हाजिर हुनुपर्ने नियम भएपनि आडवानी लगायत ६ जनालाई अदालतले भिडियो कन्फ्रेन्समार्फत हाजिर हुन सक्ने छुट दिएको थियो । फैसलापछि हुन सक्ने अप्रिय घटनालाई मध्येनजर गर्दै अयोध्यामा ब्यापक मात्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *