१४ असोज, २०७७ कुवेत । कुवेतका राजा शेख सबाह अल-अहमद अल-सबाहको निधन भएको छ।
राजा शेख सबाहको ९१ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
लामो समयदेखि बिरामी शेख सबाह गएको जुलाई महिनामा उपचारका लागि अमेरिका गएका थिए । उनले ५० वर्ष भन्दा बढी समय विदेशमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
उनी सन २ हजार ६ मा कुवेतका राजा बनेका थिए । उनलाई डिन अफ अरब डिप्लोमेसीका रुपमा लिने गरिन्थ्यो ।
शेखको निधन लगत्तै मन्त्रिपरिषद बैठकले उनका सौतेनी भाइ ८३ वर्षीय राजकुमार शेख नवाफ अल-अहमदलाई उत्तराधिकारीका रुपमा घोषित गरेको छ ।