विदेश
भारतका उपराष्ट्रपति वैकैया नायडूलाई कोरोना संक्रमण पुष्टि
२०७७ असोज १४ गते ७:४२
![भारतका उपराष्ट्रपति वैकैया नायडूलाई कोरोना संक्रमण पुष्टि](https://www.himalayatv.com/wp-content/uploads/2020/09/venkaiah-naidu.jpg)
१४ असोज, २०७७ नयाँ दिल्ली । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उपराष्ट्रपति नायडूको सचिवालयले सामाजिक सञ्चाल ट्विटरमार्फत उनलाई कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो ।
यद्यपि उनमा कुनै लक्षण नदेखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि पश्चात उपराष्ट्रपति नायडू घरमै आइसोलेशनमा बस्नु भएको छ ।
भारतमा हालसम्म ६२ लाख २३ हजार भन्दा बढी जनामा कोरोना संक्रमण हुँदा ९७ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया