आइपीएल क्रिकेटमा दिल्लीलाई हराउँदै हैदरावाद विजयी

१४ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ ।
आइपीएल अन्तर्गत हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले हराएको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४७ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि शिखर धवनले ३४, ऋषभ पन्तले २८ तथा सिमरोन हेट्मेयरले २१ रन बनाए । बलिङ्मा हैदराबादका राशिद खानले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए ।
यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
हैदराबादका जोन्नी बेरिष्टोले ५३, कप्तान डेविड वार्नरले ४५ तथा केन विलियम्नले ४१ रन बनाएका थिए । बलिङतर्फ दिल्लीका अमित मिश्रा र काशिगो रबाडाले दुईदुई विकेट हात पारे ।
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।
प्रतिक्रिया