खेलकूद

इंग्लिस प्रिमियर लीगमा लिभरपुल र एष्टन भिल्ला विजयी

हिमालय टिभी
२०७७ असोज १३ गते ७:५०
इंग्लिस प्रिमियर लीगमा लिभरपुल र एष्टन भिल्ला विजयी

१३ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र एष्टन भिल्ला विजयी भएका छन् ।

जारी लीगमा लगातार तेस्रो जित निकाल्ने क्रममा डिफेन्डिङ च्याम्पियन लिभरपुलले आर्सनललाई ३–१ गोलले हराएको छ। एनफिल्डमा एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

लगत्तै २८ औं मिनेटमै साडियो मानेले गोल गर्दै खेल एकएक गोलको बराबरीमा ल्याए । त्यसपछि लिभरपुलका लागि एन्ड्रयु रोबर्टसनले ३४ औं मिनेटमा र ८८ औं मिनेटमा डियोगो जोटोले गोल थपेका थिए ।

जारी लीगमा तीन खेल खेल्दा आर्सनलले पहिलो हार भोगेको छ । लिभरपुल भने शतप्रतिशत जितसहित ३ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गतकै अर्को खेलमा एष्टन भिल्लाले फूल्ह्याममाथि ३–० को जित निकालेको छ । भिल्लाको जितमा जोन म्यागिनले दुई र कोनर हौरिहानेले एक गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्