विदेश

विश्वमा एकैदिन दुई लाख ५८ हजारमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १३ गते ७:४५
विश्वमा एकैदिन दुई लाख ५८ हजारमा कोरोना संक्रमण पुष्टि

१३ असोज, २०७७ काठमाडौं । विश्वभर दैनिक कोरोना संक्रमित हुने संख्या केही घटेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख २९ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ । अघिल्लो दिन २ लाख ५८ हजार संक्रमित थपिएका थिए ।

सबैभन्दा बढी भारतमा ६९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख नाघेको छ ।

त्यस्तै अमेरिकामा ३७ हजार तथा ब्राजिलमा १६ हजार भन्दा बढी संक्रमित थपिए । अमेरिकामा ७३ लाख ६१ हजार भन्दा बढी संक्रमित हुँदा ब्राजिलमा संक्रमित संख्या ६१ लाख ६३ हजार नाघेको छ ।

त्यस्तै बितेको २४ घण्टामा विश्वभर ३ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी ७ सय ७७, ब्राजिलमा ३ सय ८५ तथा अमेरिकामा ३ सय २४ जनाले ज्यान गुमाए । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६ हजार नाघिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *