खेलकूद

आइपीएल क्रिकेटमा मुम्बईलाई सुपर ओभरमा हराउँदै बेंग्लोर विजयी

हिमालय टिभी
२०७७ असोज १३ गते ७:३१
आइपीएल क्रिकेटमा मुम्बईलाई सुपर ओभरमा हराउँदै बेंग्लोर विजयी

१३ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।

आइपीएल अन्तर्गत गएराति बेंग्लोरले साविक विजेता मुम्बई इण्डियन्सलाई सुपर ओभरमा स्तब्ध पारेको हो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन मात्र बनाउन सक्यो ।

त्यसपछि बेंग्लोरले बिना विकेट गुमाउँदै ११ रन बनाएको थियो । यसअघि २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले २० ओभरमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

मुम्बईका इशान किशनले ९९ रन बनाउँदा केरोन पोलार्ड ६० रनमा अविजित रहे । बलिङ्मा बेंग्लोरका इशुरु उडानाले दुई विकेट लिए । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

बेंग्लोरका एबी डिभिलियर्स ५५ रनमा नटआउट रहे । त्यस्तै देवदत्त पडीक्कल ५४ तथा आरोन फिन्च ५२ रनमा पेभेलियन फर्के । बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत आज शीर्ष स्थानको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्