आर्थिक

गाडी त चले तर चढ्ने यात्रु भएनन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १२ गते २०:५७
गाडी त चले तर चढ्ने यात्रु भएनन् (भिडियोसहित)

१२ असोज, २०७७, दाङ । दाङमा सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रु निकै कम छन् । यात्रु कम भएपछि सञ्चालन खर्चसमेत उठाउन नसकेको व्यावसायीको गुनासो छ ।

असोजको पहिलो हप्तादेखि दाङबाट लामो दूरीका गाडी चल्न थालेका छन् । तर, यात्रु भने अहिलेसम्म पनि निकै कम छन् । दाङको घोराहीबाट छुट्ने बसले स्वास्थ्य सुरक्षा मापदन्ड पालना गरेको व्यवसायीको दाबी छ । यात्रुले पनि सुरक्षित महशुस गरेका छन् ।

लामो दूरीमा चल्ने गाडीका चालकले संक्रमणको जोखिमका बिच पनि घर परिवारको दैनिक खर्च चलाउनका लागि स्वास्थ्य मापदण्ड अपनाएर नियमित काममा फर्किएको बताएका छन् ।

घोराही बसपार्कबाट छुट्ने गाडीका यात्रुलाई दैनिक जसो बस बाहिर मास्क वितरण गर्ने र बसभित्र लगेर सेनिटाइज गर्ने, यात्रुलाई सचेतनामूलक कुराहरु जानकारी दिने र चालकलाई पनि महामारीविरुद्ध रहन र सचेत गराउने घोराही काउन्टरको दैनिकी बनेको छ ।

सरकारले आफूहरुका लागि ठोष व्यवस्थापन तथा राहत योजना नल्याएको व्यावसायीको आरोप छ । व्यवसायीले अब पुरा सिट यात्रु राखेर चलाउने र यात्रुलाई वितरण गरिँदै आएको मास्कको शुल्क पनि उठाउने चेतावनी दिएका छन् ।

६ महिनाभन्दा बढी समयसम्म नचलेका अधिकांश गाडीहरु मर्मत गर्नुपर्ने भएकाले व्यवसायले थप आर्थिक क्षति बेहोर्नु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *