आर्थिक

पोखरामा प्याराग्लाइडिङ पुनः शुरु हुँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १२ गते २०:३०
पोखरामा प्याराग्लाइडिङ पुनः शुरु हुँदै (भिडियोसहित)

१२ असोज, २०७७, पोखरा । पोखरा भन्ने वित्तिकै फेवा ताल र माछापुच्छ्रे हिमालसँगै आउने अर्को आकर्षण हो, प्याराग्लाइडिङ । कोरोना भाइरसको महामारीका कारण देश नै लकडाउनमा गएपछि प्याराग्लाइडिङ सेवा पनि बन्द भयो । तर, हजारौं श्रमिक आश्रित यो ब्यावसाय १५ गतेदेखि सुरु हुँदैछ ।

कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि प्याराग्लाइडिङ पनि बन्द भयो । यो ब्यवसायमा आश्रित सयौं ब्यवसायी, पाइलट र श्रमिक मारमा छन । सेवा संचालन नहुँदा व्यवसायीले ५० करोडभन्दा बढी नोक्सानी ब्यहोर्न बाध्य भए ।

आन्तरिक उडान खुल्ला भएसँगै अब प्याराग्लाइडिङ पनि संचालनमा आउँदैछ । त्यसैले ब्यवसायी उत्साहित छन् । तर, यो ब्यवसाय संचालन गर्दैगर्दा ब्यवसायी सामू मुख्यतः दुईवटा चुनौती छन् ।

पहिलो आन्तरिक पर्यटकमा निर्भरता र दोस्रो चुनौती सुरक्षित सेवा प्रवाह । नेपाल हवाई खेलकुद संस्थाले सुरक्षित सेवा संचालन गर्न परीक्षण उडान सुरु गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरेर सेवा सुरु गर्न अहिले परीक्षण भइरहेको छ ।

कोरोनाको जोखिमका कारण बन्द कम्पनीलाई पुन बुकिङ शुरु गर्न संस्थाले प्याराग्लाइडिङ कम्पनीहरुलाइ निर्देशन दिइसकेको छ । लकडाउनका यो ब्यवसायमा करोडौं गुमाएका छन् ।

प्याराग्लाइडिङको विश्व संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति छन् ।

सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक उडान भर्छन् । सुरुमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङमा अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङमा झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *