विदेश

पाकिस्तानमा विपक्षी नेता शाहबाज शरिफ भ्रष्टाचार आरोपमा पक्राउ

हिमालय टिभी
२०७७ असोज १२ गते १७:५९
पाकिस्तानमा विपक्षी नेता शाहबाज शरिफ भ्रष्टाचार आरोपमा पक्राउ

१२ असोज, २०७७, इस्लामावाद । पाकिस्तानको विपक्षी दलका नेता शाहबाज शरिफ भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् ।

शरिफ प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्ष हुन् । उनका दाजु पूर्व प्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचारको मुद्दामा जेलमा छन् ।

सम्पत्ती शुद्धिकरणको मुद्दामा लाहोरस्थित उच्च अदालतले घरौटीमा रिहा गर्न अस्वीकार गरेलगत्तै अदालत प्राङ्गणबाटै शाहबाजलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनलाई पक्राउ गर्ने समयमा पार्टीका हजारौं कार्यकर्ता र समर्थकले सरकारविरुद्ध नारावाजी गरेका थिए ।

गत सेप्टेम्बरमा सरकारमा नरहेका दलहरुले पाकिस्तान डेमोक्राटिक मुभमेन्ट नामक नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री इमरान खान आक्रामक बनेका छन् ।

भ्रष्टाचारको आरोपमा पाकिस्तान सरकारले पूर्व राष्ट्रपति आसिफ अलि जर्दारी, फाजल उर रहमान र उनका परिवारका सदस्यलाई समेत पक्राउ गरेको छ ।

नवाज सरिफकी छोरी मार्यम पनि यसअघि नै पक्राउ परेकी थिइन । प्रधानमन्त्री खानले आफ्नो विपक्षमा उभिने नेतामाथि प्रतिशोध साँधेको प्रतिपक्षी दलको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *