विदेश
अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध अदालतले हटाइदियो
२०७७ असोज १२ गते १५:१५
१२ असोज, २०७७, न्युयोर्क । अमेरिकी एक अदालतले टिकटकमा लागेको प्रतिबन्ध खुलाइदिएको छ ।
एकपटक प्रयोगकर्ताले मोबाइलबाट टिकटक हटाएपछि पुनः डाउनलोड गर्न नपाउने प्रतिबन्ध अदालतले खोल्न आदेश दिएको हो ।
कोलम्बियाका जिल्ला न्यायाधीश कार्ल निकोल्सले आइतबार टिकटकको अनुरोधलाई सदर गरिदिएको संचारमाध्यमले जनाएका छन् । टिकटकले विज्ञप्ति जारी गर्दै आफूहरु खुशी भएको बताएको छ ।
उसले यसको अधिकारको रक्षा गरिरहने प्रतिबद्धता पनि जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चिनियाँ उत्पादन भएकाले यसलाई अमेरिकाभर प्रतिबन्ध लगाउनु पर्ने बताइरहेका छन् ।
प्रतिक्रिया