खेलकूद

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड र बार्सिलोनाको शानदार शुरुवात

हिमालय टिभी
२०७७ असोज १२ गते ९:२१
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड र बार्सिलोनाको शानदार शुरुवात

१२ असोज, २०७७ काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड र बार्सिलोनाले शानदार शुरुवात गरेका छन् ।

स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिडले ग्रानाडालाई ६-१ हरायो । बार्सिलोनाबाट एट्लेटिको आएका लुइस स्वारेजले शानदार डेब्यु गर्दै दुई गोल गर्दा डिएगो कोष्टा, एञ्जल कोरेया, जोआओ फेलिक्स र मार्कोस लोरेन्टेले एकएक गोल गरे ।

ग्रानाडाका लागि मोलिनाले सान्त्वना गोल फर्काए । नवौं मिनेटमै कोष्टाको गोलमार्फत एट्लेटिकोले खेलमा अग्रता लियो ।

त्यसपछि एट्लेटिकोका लागि ४७ औं मिनेटमा कोरेया, ६५ औं मिनेटमा फेलिक्स र ७२ औं मिनेटमा लोरेन्तेले गोल गरे भने स्वारेजले ८५ औं र इञ्जुरी समयमा गोल थपे। ग्रानाडाका लागि मोलिनाले ८७ औं मिनेटमा एक गोल फर्काए ।

उता लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियाललाई ४-० गोलले हराएको छ । बार्सिलोनाको जितमा आन्सु फातीले दुई तथा मेस्सीले एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघातीको रुपमा पाएको थियो ।

फातीले १५ र १९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि मेस्सीले ३५ औं मिनेटमा पेनाल्टीमा गोल थपे । ४५ औं मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा ४-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।

ला लिगा अन्तर्गत भएका अन्य खेलमा लेभान्टेले ओसासुनामाथि तथा सेभियाले काडिजमाथि समान ३-१ गोलको जित निकाले । त्यस्तै एथ्लेटिको बिल्बाओले इबरलाई २-१ गोलले हराउँदा रियल सोसिडाड र सेल्टा भिगो एकएक गोलको बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्