विदेश

अर्मेनिया र अजरबैजान सीमा क्षेत्रमा भएको झडपमा कम्तिमा २३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १२ गते ८:३९
अर्मेनिया र अजरबैजान सीमा क्षेत्रमा भएको झडपमा कम्तिमा २३ जनाको मृत्यु

१२ असोज, २०७७ काठमाडौं । अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा भएको झडपमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

अर्मेनिया र अजरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्तमा कम्तिमा २३ जनाको मृत्यु भएको र केही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा पुग्ने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको हो । विवादित क्षेत्रको बस्तीमा अजरबैजानले पहिला हवाई आक्रमण गरेको अर्मेनियाले दाबी गरेको छ।

त्यसपछि प्रतिरक्षामा अर्मेनियाले पनि अजरबैजानका हेलिकप्टर र सैन्य ट्याङ्क ध्वस्त बनाएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर उक्त भूमि आदिवासी अर्मेनियनको नियन्त्रणमा छ ।

सन् १९ सय ९० को दशकको शुरुमा भएको सीमा विवादका कारण दशौं हजार मानिसको मृत्यु भैसकेको छ । भिडन्तपछि अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले सो क्षेत्रमा आफूहरुको नियन्त्रण कायम हुनेमा विश्वस्त रहेको बताएका छन् ।

त्यस्तै सम्भावित हिंसालाई नियन्त्रणका लागि उक्त विवादित क्षेत्र लगायत अजरबैजानका केही क्षेत्रमा सैन्य कानून लागू गरिएको जनाएको छ । अजरबैजान सरकारले अर्मेनियाको आक्रमणको प्रतिरक्षा गर्न सेनालाई तयार रहन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *