खेलकूद

इंग्लिस प्रिमियर लीगमा लेष्टर सिटी, वेष्ट ह्याम र लिड्स विजयी

हिमालय टिभी
२०७७ असोज १२ गते ७:४९
इंग्लिस प्रिमियर लीगमा लेष्टर सिटी, वेष्ट ह्याम र लिड्स विजयी

१२ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी, वेष्ट ह्याम युनाइटेड र लिड्स युनाइटेड विजयी भएका छन् ।

लीग अन्तर्गत शीर्ष स्थानको लेष्टरले म्यानचेष्टर सिटीमाथि ५–२ गोलको शानदार जित निकालेको छ । अवे मैदानमा भएको खेलमा लेष्टरको जितमा जेमी भार्डीले ह्याट्रिक पूरा गरेका थिए ।

चौथो मिनेटमै रियाद महरेजको गोलसँगै घरेलु टोली सिटीले अग्रता बनाएको थियो । लेष्टरका लागि ३७ औं मिनेटमा भार्डीले बराबरी गोल फर्काए । त्यसपछि भार्डीले ५३औं र ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

लेस्टरकातर्फबाट ७७ औं मिनेटमा जेम्स म्याडिसनले चौथो गोल थपे । ८४ औं मिनेटमा नेथन आकेले सिटीका लागि गोल गरे । लगत्तै ८८ औं मिनेटमा पाएको पेनाल्टीलाई योरी टिएल्मन्सले गोल गरेपछि लेष्टर ५–२ ले विजयी भएको हो ।

जितपछि लेष्टरले तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उता सिटीले घरेलु मैदानमा सिजनको पहिलो हार व्यहोरेको छ ।

लीग अन्तर्गत गएराति भएका अन्य खेलमा वेष्ट ह्यामले वुल्भ्सलाई ४–० ले तथा लिड्सले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरे । यस्तै टोटेनह्याम र न्यूक्यासलले ११ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्