खेलकूद

आइपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाब ५ विकेटले पराजित

हिमालय टिभी
२०७७ असोज १२ गते ७:४३
आइपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाब ५ विकेटले पराजित

१२ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

आइपीएल अन्तर्गत गएराति राजस्थानले किंग्स एलाभेन पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

२ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ दशमलव तीन ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो । राजस्थानको यो कीर्तिमानी जित समेत हो ।

राजस्थानको जितमा सञ्जु सामसनले ८५ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै राहुल टिवेटियाले ५३ तथा कप्तान स्टेभेन स्मिथले ५० रन बनाए । बलिङमा पञ्जाबका मोहम्मद सामीले ३ विकेट लिए ।

यस अघि आबुधाबीस्थित शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । उसका लागि मयंक अग्रवालले १ सय ६ रन जोडे ।

त्यस्तै कप्तान केएल राहुल ६९ रनमा आउट भए । बलिङमा राजस्थान अंकित राजपुत र टम कुरानले एकएक विकेट लिए । जितसँगै राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतियोगिता अन्तर्गत आज साविक विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्