आर्थिक

विराटनगर नाकाबाट मात्रै साढे ३२ करोडको भारतीय तरकारी आयात (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १० गते २०:४०
विराटनगर नाकाबाट मात्रै साढे ३२ करोडको भारतीय तरकारी आयात (भिडियोसहित)

१० असोज, २०७७, विराटनगर । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञामा स्वदेशी तरकारीले बजार पाएन । कतिपय किसानको तरकारी खेतबारीमै कुहिएर गयो ।

तर यो अवधिमा भारतबाट आउने तरकारी भने रोकिएन । पूर्वी नाका विराटनगर भन्सारबाट यो अवधिमा मात्रै साढे ३२ करोड भन्दा बढीको तरकारी नेपाल भित्रिएको छ ।

गत चैत ११ गतेदेखिको लकडाउन र निषेज्ञाज्ञाको अवधिमा भारतबाट ठुलो परिमाणको तरकारी नेपाली बजारमा भित्रिएको छ। लकडाउन अवद्यिमा विराटनगर भन्सारबाट १८ करोड ६६ लाख ३ हजार ६ सय ३५ रुपैयाँ मूल्य बराबरको ६ हजार १ सय १९ मेट्रिक टन आलु र प्याज आयात भएको छ । यो अवधिमा भारतीय आलु र प्याजको आर्यात निकै ठुलो हिस्सा हो ।

जवकी आर्थिक बर्ष २०७५–०७६ को सोही अवद्यिमा विराटनगर भन्सारबाट १७ करोड ४७ लाख ५२ हजार ८ सय ७२ रुपैयाँ मुल्य बराबरको ६ हजार ५ सय ५० मेट्रिक टन आलु र प्याज आयात गरिएको थियो । आलु र प्याज बाहेक पनि यो अवधिमा विराटनगर भन्सारबाट गोलभेडा, लसुन, च्याउ, हरियो सागसब्जीहरु आयात पनि निकै धेरै छ ।

विराटनगर भन्सारबाट चालु आर्थिक बर्षकै साउन र भदौ महिनामा नै १९ करोड ८२ लाख ७२ हजार ४ सय २१ रुपैयाँ मुल्यको ४ हजार ६ सय २२ मेट्रिक टन तरकारी आयात भएको छ ।

पूर्वी नेपालमा आलु र प्याज बिशेषगरि भारत तथा तेश्रो मुलुकबाट आयात हुने गरेको छ । प्याज भारतको इन्दोर, नासिक र पटना तथा आलु भुटान, बङ्गलादेश र भारतको उत्तरप्रदेशबाट आयात हुने गरेको छ ।

लकडाउन सीमा नाका बन्द भएको बेलमा पनि तरकारी आयात बढ्नु राम्रो संकेत हैन । कृषिमा आत्मनिर्भर भनिए पनि तरकारी र खाद्यान्नको ठूलो हिस्सा आयातले ओगट्नु त झनै राम्रो मान्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *