आर्थिक

लकडाउनमा स्थापना गरिएको उद्योग, धमाधम स्वास्थ्य सामग्री उत्पादन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १० गते २०:३६
लकडाउनमा स्थापना गरिएको उद्योग, धमाधम स्वास्थ्य सामग्री उत्पादन (भिडियोसहित)

१० असोज, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन शुरु भयो । संचालनमा रहेका अधिकांश उद्योग पनि बन्द भए । लाखौं श्रमिकले रोजगारी गुमाए । तर बाँकेको कोहलपुरस्थित पिपिरीमा लकडाउन कै बेला बैशाख १२ गते युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिका नाममा उद्योग स्थापना भयो । र यसले अहिले अस्पतालका लागि आवश्यक सामग्री उत्पादन गरिरहेको छ ।

युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिले स्थापना भएको ५ महिना मै १ करोड रुपैंया बराबरको कारोबार गरेको छ । युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिका उत्पादनले आइएसओ गुणस्तर चिन्ह पाएको छ । कम्पनीका उत्पादन आइसीयू बेड, टेबुल, र्‍याक जस्ता फर्निचर सामग्रीको माग बढ्दै गएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट समेत माग आएपछि उद्योगमा कामदारलाई भ्याइनभ्याई छ ।

उद्योग संचालनका लागि आवश्यक पर्ने इन्जिनियर र दक्ष श्रमिक सुरुका दिनमा भारतबाट ल्याउनु परेको थियो । तर स्थानीय युवालाई दक्ष बनाउदै धेरैलाई रोजगारी दिने उद्योगको योजना छ ।

लक डाउनका बेला गाउँमै खुलेको उद्योगमा काम पाउँदा स्थानीय युवा पनि निक्कै उत्साहित छन् ।

बैङ्लोरको रेभा इन्टरनेसनल कलेजमा कम्प्युटर साइन्समा डिप्लोमा गरेर फर्किएपछि शतिस केसीले करिव ३ करोडको लागतमा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि स्थापना गर्नुभयो । उद्योगमा अस्पतालका लागि आबश्यक पर्ने सामान्य बेड २० देखि २५ हजार सम्ममा तयार हुन्छन भने सेन्सर सहितको आइसियू बेडलाई डेढदेखि अढाई लाख सम्म खर्च लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *