सुखौरा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु, पाँच जना घाइते

हिमालय टिभी
२०७७ असोज १० गते १७:१८
सुखौरा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु, पाँच जना घाइते

१० असोज, २०७७, बुटवल । भीषण वर्षापछि आएको बाढीले रुपन्देहीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बुटवल १३ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको बाढीले बगाएर मृत्यु भएको हो । बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४ लक्ष्मीनगर डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर र केही सवारी साधन बगाएको छ ।

बाढीले लाखौको तरकारी बालीमा पनि क्षति पुर्‍यापछि किसान चिन्तित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *