सुदूरपश्चिमका थप तीन जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज १० गते १५:०७
सुदूरपश्चिमका थप तीन जना कोरोना संक्रमितको मृत्यु

१० असोज, २०७७, कैलाली । सुदूरपश्चिमका तीन कोरोना संक्रमित आज मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको हो।

भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पदम बोहोरामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताउनुभयो।

यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको हो।

उनमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो। मृतक युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए।

त्यसैगरी बझाङ घर भई काठमाडौंमा कार्यररत सैनिक जवानको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो। असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २० पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *