आर्थिक

दशैंका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुल्ने

हिमालय टिभी
२०७७ असोज १० गते १२:४६
दशैंका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुल्ने

१० असोज, २०७७ काठमाडौं । सार्वजनिक यातायातले लामो तथा मध्यम दूरीका लागि दशैँको अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएका छन् ।

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

क्याम्पस तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासंघले जनाएको छ ।

विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ । दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ ।

आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने स्वाँरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *