कोरोनाविरोधी खोप प्रयोगअघि नै २० लाख मानिसको मृत्यु हुने डब्लुएचओको चेतावनी

१० असोज, २०७७ काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको प्रयोग हुनु अघि नै विश्वभर झण्डै २० लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
खोपको प्रभावकारी प्रयोग हुनु अघि लगभग २० लाखको मृत्यु हुन सक्ने भन्दै डब्लूएचओले चेतावनी दिएको हो ।
डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकताबिना कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताउनुभयो ।
कोरोनाका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भैसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना शुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर शुरु हुन थालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाख संक्रमित भैसकेका छन्। त्यस्तै विश्वभर ३ करोड २७ लाख भन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ ।
प्रतिक्रिया