विदेश

यो वर्षको अन्त्यसम्म चीनले ६१ करोड कोरोनाविरोधी खोप उत्पादन गर्ने

हिमालय टिभी
२०७७ असोज १० गते ७:२७
यो वर्षको अन्त्यसम्म चीनले ६१ करोड कोरोनाविरोधी खोप उत्पादन गर्ने

१० असोज, २०७७ बेइजिङ । चीनले २०२० को अन्त्यसम्ममा ६१ करोड कोरोना खोप उत्पादन गर्ने दाबी गरेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस वर्षको अन्त्यसम्ममा झन्डै ६१ करोड डोज खोप उत्पादन गर्ने विश्वास व्यक्त गरेका हुन्।

विश्वभर नौवटा खोप परीक्षणको अन्तिम चरणमा रहँदा चीनले बनाएका ४ वटा खोप रहेका छन् । त्यस्तै खोप उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा एक अर्ब डोज हुने बताइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआन बिनले चीनले बनाएका ११ खोप क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको जानकारी दिँदै परिणाम प्रभावकारी देखिएको दाबी गरेका छन्।

त्यस्तै चीनको राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले अहिलेसम्म आपतकालीन खोप कार्यक्रममा सहभागी कसैमा गम्भीर प्रतिकूल असर नदेखिएको बताएका छन्।

उनले खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता पाउन भने अझै केही समय लाग्ने बताए। चीनमा उत्पादिन खोप आम जनताका लागि सस्तो हुने पनि उनले दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *