विदेश

कृषिसम्बन्धी विधेयक पारित भएसँगै भारतमा कृषक आन्दोलित

हिमालय टिभी
२०७७ असोज ९ गते १८:२७
कृषिसम्बन्धी विधेयक पारित भएसँगै भारतमा कृषक आन्दोलित

९ असोज, २०७७ नयाँ दिल्ली । भारतको लोकसभाले सेप्टेम्बर ९ तारिखमा कृषि उत्पादनको सम्बन्धमा बनेका तीन वटा विधेयक पास परेपछि अहिले कृषक आन्दोलित छन् ।

यी विधेयकले कृषि क्षेत्रमा पुँजिपतीको हालिमुहाली गर्ने वातावरण बनाइदिएको भन्दै किसानले संघर्ष चर्काएका छन् । कृषि विधेयकको विरोधमा किसानले आज भारतभर चक्काजाम गरेका छन् ।

उनीहरुले रेलसहितका यातायात सेवा रोकेर विरोध जनाएका थिए । किसानसँगै उनीहरुको हकहितमा लाग्ने संस्था पनि सो आन्दोलनमा होमिएका छन् । आन्दोलनमा भारतीय जनता पार्टी बाहेकका प्राय सबै राजनीतिक दलको समर्थन देखिन्छ ।

विषेशगरी पञ्जाव, हरियाणा र उत्तर प्रदेशमा आन्दोलन चर्किएको छ । यससँगै मध्यप्रदेश, कर्नाटक र तमिलनाडुमा पनि ब्यापक विरोध भइरहेको छ ।

विधेयकको विरोधमा किसान संगठनले चक्का जाम मात्रै गरेका छैनन्, कतिपय स्थानमा किसान निर्बस्त्र रुपमा उत्रिएर विरोध जनाएका छन् । नयाँ कानुनले आफ्नो उठिवास हुने किसानको चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *