आइपीएल क्रिकेटः कप्तान केएल राहुलको कीर्तिमानी शतकमा पञ्जाबको फराकिलो जित
९ असोज, २०७७ काठमाडौं । कप्तान केएल राहुलको कीर्तिमानी शतकमा किंग्स इलाभेन पञ्जावले इन्डियन प्रिमियर लिगमा फराकिलो जित निकालेको छ ।
पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो।
जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो। आईपीएलमा राहुलको यो दोस्रो शतक हो । राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो।
बेङलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो। प्रतियोगितामा आज चेन्नाई सुपरकिंग्स र दिल्ली क्यापिटलबीच खेल हुनेछ।कप्तान केएल राहुलको कीर्तिमानी शतकमा किंग्स इलाभेन पञ्जावले इन्डियन प्रिमियर लिगमा फराकिलो जित निकालेको छ ।
पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो।
जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो। आईपीएलमा राहुलको यो दोस्रो शतक हो । राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो।
बेङलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो। प्रतियोगितामा आज चेन्नाई सुपरकिंग्स र दिल्ली क्यापिटलबीच खेल हुनेछ।
प्रतिक्रिया