विदेश
विश्वमा कोरोना संक्रमितको संख्या फेरि बढ्यो, एकैदिन ३ लाख ८ हजार संक्रमित थपिए
२०७७ असोज ९ गते ७:४५

९ असोज, २०७७ काठमाडौं । विश्वमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या फेरि बढेको छ । पछिल्लो समय घट्दो क्रममा देखिएको संक्रमण दर फेरि बढेको हो ।
विश्वमा एकै दिन थप तीन लाख ८ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या तीन करोड २३ लाख नाघेको छ ।
सबैभन्दा बढी भारतमा थप ८५ हजार ९ सय १९ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या ५८ लाख नाघेको छ । थप एक हजार एक सय ४४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा ४४ हजार र ब्राजिलमा ३२ हजार नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया