विदेश
जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा
२०७७ असोज ८ गते १४:५०

८ असोज, २०७७ न्युयोर्क । जोन्सन एन्ड जोन्सनले कोभिड नाइन्टिनविरुद्धको खोप परीक्षणको अन्तिम चरणमा पुगेको जनाएको छ।
दुई चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक देखिएपछि तेस्रो तथा अन्तिम चरणमा प्रवेश गरेको जोन्सन एन्ड जोन्सन कम्पनीले जनाएको हो ।
अब तेस्रो चरणमा ६० हजार भन्दा बढी मानिसमा खोप लगाइनेछ । जोन्सन एन्ड जोन्सन र अमेरिकाको नेसनल इन्स्टिच्युट फर हेल्थका अनुसार विश्वका विभिन्न देशका दुई सय स्थानका ६० हजारभन्दा भन्दा बढी स्वयमसेवीमा यसको क्लिनिकल परीक्षण हुनेछ।
कोरोना भाइरसविरुद्धको खोप बनाइरहेका कम्पनीमध्ये तेस्रो चरणमा प्रवेश गरेको जोन्सन एन्ड जोन्सन विश्वको १० औं कम्पनी हो ।
नेसनल इन्स्टिच्युट फर हेल्थको अनुदानसमेत रहेकाले कम्पनीले तयार गर्न लागेको खोप व्यापारमुखि नहुने बताइएको छ।
प्रतिक्रिया