विदेश

भारतमा एकैदिन ८९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज ८ गते १४:४५
भारतमा एकैदिन ८९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

८ असोज, २०७७ काठमाडौं । छिमेकी देशमा भारतमा कोरोना भाइरसका थप ८९ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

८९ हजार भन्दा बढीमा संक्रमण भएसँगै त्यहाँ संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ । संक्रमित संख्याको आधारमा दोस्रो स्थानको भारतमा दैनिक संक्रमितको संख्यामा कमी आउन सकिरहेको छैन ।

त्यस्तै पछिल्लो पटक अमेरिकामा ४१ हजार भन्दा बढी र ब्राजिलमा ३२ हजार भन्दा बढी जनामा संक्रमण भएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या ७१ लाख नाघ्दा ब्राजिलमा ४६ लाख बढी संक्रमित पुगेका छन् । बुधबार विश्वभर ३ लाख १३ हजार भन्दा बढी कोरोना संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार १ सय ५२, अमेरिकामा १ हजार १ सय ४ तथा ब्राजिलमा ९ सय ६ जनाको मृत्यु भयो ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार नाघेको छ । त्यस्तै ब्राजिलमा १ लाख १ हजार भन्दा बढी तथा भारतमा ९१ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *