विदेश
नाइजेरियामा तेल ट्याङ्कर दुर्घटनामा कम्तिमा २५ जनाको मृत्यु
२०७७ असोज ८ गते १४:४३

८ असोज, २०७७, नाइजेरिया । नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको लोकोजामा ब्रेक फेल भएर ट्यांकर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् ।
व्यस्त सडकमा भएको दुर्घटनामा मृत्यु हुने अधिकांश प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
लोकोजा–अबुमा राजमार्गमा अनियन्त्रित भएपछि ट्यांकरले दशवटा गाडीलाई ठक्कर दिएको बताइएको छ।
प्रतिक्रिया