आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सको जित, कोलकाता ४९ रनले पराजित
८ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ ।
आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको हो । १ सय ९६ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४६ रनमात्र बनाउन सक्यो ।
उसका लागि प्याट कुमिन्सले ३३ तथा कप्तान दिनेश कार्तिकले ३० रन बनाए । बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिसन, जसप्रित बुमराह र राहुल चहरले समान दुई(दुई विकेट लिए ।
यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको उत्कृष्ट इनिंग्स खेले । ५४ बल खेल्दै उनले ६ छक्का र ३ चौका प्रहार गर्दै ८० रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ४७ रन जोडे । बलिङतर्फ कोलकाताका शिभम् माभीले दुई विकेट लिए । रोहित शर्मा म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत आज किंग्स एलाभेन पञ्जाब र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया