विदेश
कोरोना संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री अंगडीको मृत्यु
२०७७ असोज ८ गते ७:४७

८ असोज, २०७७ नयाँ दिल्ली । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
६५ वर्षीय अंगडीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यही सेप्टेम्बर ११ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि उनी एम्स अस्पतालमा भर्ना भएका थिए ।
अंगडी कर्नाटको बेलगामबाट लोकसभा सदस्य चुनिएका थिए। बेलगाम क्षेत्रबाट उनी सन् २ हजार ४, २ हजार १४ र २ हजार १९ मा लोकसभा सदस्य चुनिएका थिए।
उनले आफू संक्रमित भएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत अवस्था सामान्य भएको र नआत्तिन सबैलाई आग्रह गरेका थिए। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मृत्युप्रति दुख व्यक्त गरेका छन्।
प्रतिक्रिया