आर्थिक

बंगलादेशबाट पैंचो मागिएको मल आउनेमा पनि आशंका (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ७ गते २०:२७
बंगलादेशबाट पैंचो मागिएको मल आउनेमा पनि आशंका (भिडियोसहित)

७ असोज, २०७७, काठमाडौं । बंगलादेश सरकारबाट ५० हजार मेट्रिक टन रसायनिक मल आयात गर्ने सहमति भएपछि सरकारले ढुवानीका लागि टेण्डर गरिसकेको छ ।

सम्झौताको ७० दिनभित्र ढुवानी गरिसक्नुपर्ने गरी टेण्डर गरिएपनि ल्याउनका लागि जहाज, रेल वा बस तीनै वटा माध्यम चूनौतिपूर्ण देखिएको छ । यसले समयमै मल आउनेमा आशंका जन्माएको छ ।

ठेकेदारका कारण धान बालीको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउन नसकेको सरकारले गहुँको सिजनमा समस्या नहोस् भनेर बंग्लादेशबाट पैंचोमा मल ल्याउने योजना बनाएको छ ।

बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल पैंचो ल्याउने सहमति पनि भइसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले असोज ७ गते टेण्डर निकालिसके पनि ढुवानीका लागि उपयुक्त ठानिएको ट्रकबाट मल ल्याउनै चुनौति देखिएको छ ।

त्यसबाहेक समुद्रीमार्गबाट कोलकाता बन्दरगाह ल्याउने र त्यहाँबाट नेपाल ढुवानी गर्ने विकल्प छ । तर पानी जहाजमार्फत कोलकाता ल्याउँदा र्‍याक नपाउने तथा कामदार अभावका कारण मल ब्यागिङ गर्न समस्या पर्ने देखिन्छ ।

कारोना संक्रमणका कारण कोलकाता बन्दगरगाहमा कामदार नपाएकै कारण यसअघि साल्ट्र ट्रेडिङ कर्पोरेसनले ल्याएको ३२ हजार मेट्रिक टन मल ३ महिना अडकिएको थियो । त्यसैले समुद्रीमार्गको विकल्प प्रयोग गर्दा समेत समयमै मल नआउने जोखिम छ ।

बंगलादेशबाट रेलमार्ग हुँदै भारत र त्यसपछि नेपाल ल्याउने अर्को विकल्प पनि छ । तर बंगलादेशमा रेलको संख्या कम भएको र पाए पनि स्टेसनमा धेरै पटक सार्नु पर्ने भएकाले झन समस्या हुने सम्भावना रहन्छ । यसले ७० दिनभित्र मल ढुवानी कसरी होला भन्ने अन्योल देखिएको छ । तर सरकारले भने टेण्डर हाल्ने ठेकेदार कम्पनीले नै यी विषयमा उपयुक्त विकल्प पेश गर्ने र सोही आधारमा मल आयात हुने बताएको छ ।

धान बालीको सिजनमा मलको चर्को अभाव झेलेका किसानलाई समस्या नहोस भन्दै सरकारले बंग्लादेशबाट पैंचोमा मल ल्याउन खोज्नु सकारात्मक हो । सामान्यतया धान बाली झिकेर मंसिरभित्र गहुँ छर्ने सिजन सुरु भइसक्छ । तर मल ढुवानीका विकल्पमा देखिएको अन्योलले गहुँको सिजनमा पनि मल आइपुग्दैन कि भन्ने आशंका जन्माएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *