कोरोना संक्रमणबाट धरानमा उपचाररत सिरहाका एक पुरुषको मृत्यु

हिमालय टिभी
२०७७ असोज ७ गते १५:१२
कोरोना संक्रमणबाट धरानमा उपचाररत सिरहाका एक पुरुषको मृत्यु

७ असोज, २०७७ काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिरहाको औरी–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति १२ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिनुभयो ।

ती पुरुषलाई टाउको दुख्ने, उल्टी आउने जस्ता लक्षण देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

सोही क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएपछि उनलाई प्रतिष्ठान रेफर भएको सापकोटाले जानकारी दिनुभयो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *