विदेश
भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति
२०७७ असोज ७ गते १३:४३
७ असोज, २०७७ काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति भएको छ।
दुई देशबीच सीमा क्षेत्रमा जारी तनावबारे कमाण्डर तहमा भएको छैटौं चरणको वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् ।
दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ । गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो ।
दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरतापूर्वक लागू गर्ने उल्लेख छ । दुबैले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ ।
प्रतिक्रिया