टर्कीले उठायो संयुक्त राष्ट्रसंघमा जम्मू–कश्मीरको मुद्दा, भारतले जनायो आपत्ति
७ असोज, २०७७, टर्की । टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मू–कश्मीरको मुद्दा उठाएको छ ।
राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीस राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताए ।
भारतले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति थप जटिल बनेको उनको भनाइ छ ।
उता भारतले यसलाई आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले आफ्नो आन्तरिक मामिलामा टर्कीको हस्तक्षेप भएको भन्दै त्यसलाई पूर्णरुपमा अस्वीकार गरिएको बताए ।
उनले टर्कीले दोस्रो देशको सम्प्रभूतालाई सम्मान गर्न सिक्नुपर्नेमा जोड दिए । एक दिन अघि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले राष्ट्रसंघमा जम्मु-कश्मीरको मुद्दा उठाएका थिए ।
भारतले गत वर्ष जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोस्दै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजित गरेको थियो ।
प्रतिक्रिया