आर्थिक

बंगलादेशबाट सापटी युरिया मल आउने पक्का

हिमालय टिभी
२०७७ असोज ७ गते ७:४६
बंगलादेशबाट सापटी युरिया मल आउने पक्का

७ असोज, २०७७ काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ ।

बंगलादेशले ५० हजार टन युरिया पैँचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो ।

बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया दिने लिखित सहमति जनाइसकेको छ । उसले त्यहाँको कुन कम्पनीलाई सम्पर्क गरेर दिने भनेर पनि खुलस्त पारेको प्रवक्ता केसीले बताउनुभयो ।

बंगलादेशले सहमति दिएपछि कृषि सामग्रीले एक हप्ताको समय राखेर गत शनिबार टेन्डर खोलिसकेको छ । कम्पनीले रेल, सडकमार्ग र समुद्रीमार्ग कहाँबाट ल्याउँदा सस्तो पर्छ, सोहीअनुसार ल्याउने गरी टेन्डर भर्न इच्छुक ढुवानीकर्तालाई आग्रह गरेको छ ।

कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीले ढुवानीकर्ता छनोटपछि ७० दिनको समय दिएर बंगलादेशबाट मल ल्याउन सुरु गर्ने बताउनुभयो ।

उहाँका अनुसार ढिलोमा कात्तिक पहिलो हप्तादेखि बंगलादेशी मल भित्र्याउन सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *